काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अभिभावकहरूले जोडदार आन्दोलन नगरेसम्म विद्यालयहरू सुधार गर्न गाह्रो हुने बताएका छन् ।
“नेपालभरिका धेरै विद्यालयहरूमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतीकरण हटाउन स्थानीय अभिभावकहरू एकजुट भएर जोडदार आन्दोलन नगरेसम्म र कडा चेतावनीहरू नदिएसम्म सुधार हुन गाह्रो छ,“ मन्त्री पुनले फेसबुकमा लेखेका छन् ।
मन्त्री पुनले त्यस्तो अधिकार संविधानले नै अभिभावकहरूलाई दिएको पनि उल्लेख गरेका छन् । “त्यसो गर्ने पूर्ण अधिकार संविधानले अभिभावकहरूलाई दिएको छ,“ उनले लेखेका छन् ।
विद्यालय सुधारका लागि शिक्षा मन्त्रालयले दिएको निर्देशनले मात्र नपुग्ने भएकाले अभिभावकहरू नै जाग्नुपर्ने उनको भनाइ छ । “शिक्षा मन्त्रालयले मात्र काठमाडौंबाट निर्देशन दिएर नपुग्ने भयो,“ मन्त्री पुनले लेखेका छन्, “लौ त स्थानीय अभिभावकहरू आफ्नो छोराछोरीहरूको भविष्यको लागि जाग्नुहोस् ।“
FACEBOOK COMMENTS