काठमडौं । अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतको हृदयाघातका कारण निधन भएको छ ।
उनलाई बुधबार साँझ हृदयाघात भएपछि उपचारका लागि बयालपाटा अस्पताल लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै उनको निधन भएको बताइएको छ ।
कडायत २०७८ वैशाख १८ गते अध्यक्षमा निर्विरोध चयन भएका थिए । साँफेबगर नगरपालिका(८ मा उनको व्यापार व्यवसाय रहेको छ ।
उनको अन्त्येष्टि आज बिहीबार गरिने संघका उपाध्यक्ष बम रावलले जानकारी गराए ।
FACEBOOK COMMENTS