काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन साहको जनकपुरधामको भाषणप्रति गरेको टिप्पणीप्रति माफी मागेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले आफू मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैं सम्मान गर्ने व्यक्ति भएको बताउँदै नबोलेका विषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गरेका छन् । साथै उनले कसैलाई अन्जानमा चोट पुगेको भए क्षमायाचना गरेका छन् ।
उनले भनेका छन्, ‘बालेन भाइले ‘म मधेशको छोरो’ भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ । म मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैं सम्मान गर्ने व्यक्ति हुँ । मैले नबोलेका विषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गर्दछु । कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु । यस क्रममा कसैलाई अन्जानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु ।’

FACEBOOK COMMENTS