काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष महेश बरालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष बराललाई सपथ ग्रहण गराएका हुन् ।
बीमा प्राधिकरणको कार्यालय कुपण्डोलमा भएको सपथ ग्रहण कार्यक्रममा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश रिमाललगायत पदाधिकारीहरू उपस्थित थिए ।
FACEBOOK COMMENTS