काठमाडौं। भक्तपुर क्षेत्र नं. २ बाट एमालेका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका महेश बस्नेतले यसपटकको परिणाम आफ्नो पक्षमा आउन नसकेको स्वीकार गरेका छन्। उनले लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने उल्लेख गर्दै त्यसलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘भक्तपुर क्षेत्र नं. २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचनमा सहभागी भएको थिएँ। यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुन्छ भन्ने विश्वासका साथ त्यसलाई सम्मानपूर्वक स्वीकार गर्दछु ।’
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार यहाँ रास्वपाका राजीव खत्री ३४७०२ मतसहित अग्रस्थानमा छन् । एमालेका बस्नेतको ८३५१ मत छ । कांग्रेसका कवीर राणाले ७३२१ मतसहित तेस्रो स्थानमा छन् । मतगणना जारी छ ।
FACEBOOK COMMENTS