काठमडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्की आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दोषारोपण गरेमा मुलुकमा द्वन्द हुने बताएका छन् ।
गुण्डुमा एमालेको सचिवालय बैठकपछि प्रतिक्रिया दिदै सचिव बस्नेतले कार्की आयोगको प्रतिवेदन सार्बजनिक गर्न माग गर्दै ओलीलाई मात्र दोषारोपण गरिएको भए मुलुक थप द्वन्दमा जाने दाबि गरेका हुन् ।
केपी ओलीलाई कारवाही गर्नुपर्ने कुनै कुरा नै छैन भन्दै उनले कारवाही गर्ने केहि स्थिति नआउने दाबि गरे । उनले भने– हाम्रो अध्यक्षलाई दोषी देखाउने कुरा एक दुई तीन सम्भव छैन, कुनै आधार पनि छैन । देखाएको छ भने त्यो गम्भीर पूर्वाग्रह राखेर यो आयोगले रिपोर्ट प्रस्तुत गर्यो भन्ने लाग्छ ।’
उनले भने– ’७७ जानको मृत्युको सन्दर्भ, २३ गते १९ जनाको मृत्युको सन्दर्भ, जेलबाट रविजी सहित भाग्दा ११ जनाको मृत्युको सन्दर्भ, भाटभटेनी जलाउदा लुट्दा २१ जानको मृत्युको सन्दर्भ, ६ जान प्रहरी मरेको विषय कार्की आयोगले ल्याएको होला । सिंहदरबार जलाएको, अदालत जलाएको विषय आएका होलान भन्ने विश्वास छ ।’
उनले बाहिर आएका सबै विषयको छानबिन हुनुपर्ने आफुहरुको स्पष्ट अडान रहेको बताए ।

FACEBOOK COMMENTS