काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले जनताको ढाडमा चढेर गरिएको सुधारलाई सुधार भन्न नमिल्ने बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै बस्नेतले आम जनताका लागि बनाइएका गाउँका योजना काटेर ऐतिहासिक भन्दै प्रचार गरिएको भन्दै अर्थमन्त्रीले पहिलो गाँसमा नै ढुङ्गा चपाएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्- जनताको ढाडमा चढेर गरिएको सुधारलाई सुधार भन्न मिल्दैन ! अर्थमन्त्रीले भनेछन– “गेम चेन्जर” । जनताले लागी – “विकास डेन्जर”। एक खर्ब खोजिएको प्रचार गरियो । विष्णु पौडेललाई असफल भनेर चित्रित गर्न खोजियो । गाउँको योजना काटियो । सामान्य जनताको सुबिधा काटियो । ठालूहरूको सुविधा बचाइयो । अनि प्रचारमा “ऐतिहासिक” भनियो ॥
अर्थमन्त्रीले पहिलो गाँसमा नै ढुङ्गा चपाएका छन्। यो निर्णय जनविरोधी र ग्रामीण क्षेत्र विरोधी हो ।
FACEBOOK COMMENTS