काठमाडौं । नेकपा एमालेमा पोपलटव्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले संसद पुनर्स्थापना गरिने बताएका छन् ।
च्यासलस्थित पार्टी मुख्यालयको भग्नावशेषमा पत्रकार सम्मेलन गरी उनले अब चाँडै प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याने जानकारी दिए ।
यस्तै, उनले आगामी निर्वाचनमा विदेशीका मतियार बनेर मुलुकमा विध्वंश मच्चाउनेहरूलाई धुलो चटाइने उनको भनाइ छ ।
‘राष्ट्र निर्माणमा विदेशीको मतियार बन्ने यी सबै साथीहरूलाई आगामी चुनावमा धुलो चटाउने अभियान सञ्चालन गर्छौँ । र, त्यो भन्दा अगाडि संसद पुनर्स्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौँ,’ उनले भने, ‘पार्टीले आधिकारिक ढङ्गले जाने अथवा कानुन व्यवसायीहरूमार्फत जाने भनेर अन्तिम छलफल गर्दैछौँ ।’
यसैगरी उनले जेन्जीले उठाएका मागहरू पुराना दल त्यसमा पनि एमालेले नै पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । एमालेमाथि भ्रष्टाचारको कुनै शंका छ भने छानविनका लागि तयार रहेको विश्वास उनले व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS