काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास भएको छ ।
सुनसरीमा आयोजना गरिएको युवा संघको कार्यक्रम सहभागी हुन जान लागेका बस्नेतमाथि मोरङको विराटनगर विमानस्थल नजिकै आइतबार बिहान ११ बजेतिर आक्रमण प्रयास भएको हो ।
बस्नेत चढेको बा १७ च ५९६१ नम्बरको गाडीमाथि आक्रमण प्रयास भएको मोरङ प्रहरीका प्रवक्ता तथा डिएसपी कोपीला दुलालले जानकारी दिइन्।
सार्वजनिक भिडियोमा पनि गाडीमाथि आक्रमण भएको देखिएको छ। तर ढुङ्गा प्रहार भएको हो वा अन्य कुनै वस्तु प्रहार भएको प्रहरीसमेत अनुसन्धानमा छ।
आक्रमण प्रयास गर्ने दुई युवालाई प्रहरीले नियन्त्रमा लिएको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १ का २५ वर्षीय संजोग गौतम र वडा नम्बर २ का १९ वर्षीय अर्पित कुवँर रहेका छन् ।

बस्नेत विरानटनग विमानस्थल हुँदै सुनसरी जाने कार्यक्रम तय भएपछि केही युवाहरू विमानस्थल बाहिर आएर विरोध प्रदर्शन गरेका थिए ।

सोहीक्रममा बस्नेतमाथि आक्रम प्रयास भएको हो ।

FACEBOOK COMMENTS