काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नकेपा (माओवादी केन्द्र) मा विलय हुनुभन्दा एमालेमै फर्किन सुझाव दिएका छन् ।
नेता बस्नेतले एकीकृत समाजवादीको माओवादी केन्द्रसँग एकता हुन लागेको विषय उल्लेख गर्दै जनताको बहुदलीय जनवाद त्यागेर माओवादीसँग जाने कुरा आधाभन्दा धेरै कार्यकर्ताले स्वीकार नगर्ने भएपछि माधवको स्थिति झनै जटिल बन्दै गएको दाबी गरेका छन् ।
उनले भनेका छन्–
माधव नेपाल ठूलो तनावमा भन्ने सुनियो !
नेकपा माओवादी केन्द्रसँग एकता गर्ने पक्कापक्की निर्णय बाहिरिएपछि, उनका आफ्नै पार्टीका नेताहरू र कार्यकर्ताहरूले विरोध गर्दै एमालेसँग एकता गर्न दबाब दिन थालेका छन् । जनताको बहुदलीय जनवाद त्यागेर माओवादीसँग जाने कुरा आधाभन्दा धेरै कार्यकर्ताले स्वीकार नगर्ने भएपछि माधवको स्थिति झनै जटिल बन्दै गएको छ ।

एमाले विभाजित गराएर देशलाई धोका दिएर गएका माधव नेपालले माओवादीमा आफ्नो पार्टी विलय गराउनुभन्दा हात्ती लिएर गएका हुन् बरु बोको लिएर एमालेमा फर्के हुन्छ ।

FACEBOOK COMMENTS