काठमाडौं। कठ्यांग्रिदो जाडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने नेकपा (एमाले) का नेता महेश बस्नेतले बताएका छन् । काठमाडौं महानगरले पूर्वतयारीबिना थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लगाउन खोजे पछि आज सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।
नेता बस्नेतले विकल्प र क्षतिपूर्तिबिना सुकुम्बासी बस्तीमा डोजर लगाएर कठ्यांग्रिदो जाडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने बताएका छन् ।
चुनाबी परिणाम घोषणाको अन्तिम क्षणमा नयाँ सरकार बन्ने कसरत भैरहेको बेलामा कस्को स्वार्थपूर्ति गर्न यस्तो हर्कत गरिदैछ भन्दै काठमाडौं महानगरका मेयर बालेन शाहलाई प्रश्नसमेत गरे । मंसिर महिनाको यो कठ्याग्रींदो जाँडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने उनले बताए ।
उनले समाजिक सञ्जालमा लेखेका छन् ‘म फेरी पनि भन्छु उचित समय बिना बिकल्प र बिना क्षतिपूर्ति, गरिब, सुकुम्बासी र साना ब्यबसायीहरुलाई उठाएर बिच्चल्ली बनाउन पाइदैन । जनतालाई आन्दोलन गर्न बाध्य पार्ने अनि बिचरा नगर प्रहरीहरु घाईते हुने यो कुराले कसैलाई लाभ र फाइदा होला जनता र देशलाई फाइदा हुदैन,’ उनले उल्लेख गरेका छन् ।
‘बिना बिकल्प , बिना क्ष्यतिपूर्ति सुकुम्बासी बस्तीमा डोजर लाउने काम फेरी गरिएछ । ओली सरकारले बनाएको भूमीहिन समस्या समाधान आयोगले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने सम्बन्धमा दिएका सुझाबहरुलाई यो गठबन्धन सरकारले अलपत्र पारेको छ । आयोगनै रद्धिको टोकरीमा लगेर थन्काएको छ । अघिल्लो सदनले पास गरेको भूउपयोग ऐनले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने बिषयमा गरेका ब्यबस्थालाई कार्यान्वयन गर्ने हो भने समस्या तत्काल समाधान गर्न सकिन्छ ।’
FACEBOOK COMMENTS