काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपाली बजारको लागि नयाँ कम्प्याक्ट एसयूभी ‘एक्सयूभी थ्रि–एक्स–ओ’ ल्याएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोको अवसर पारेर महिन्द्राले उक्त गाडी नेपाल भित्र्याएको हो ।
आकर्षक तथा अलग डिजाइन, अत्याधुनिक प्रविधि, उच्चस्तरको (‘स्पिरिटेड’) परफर्मेन्स, र विश्वस्तरीय सुरक्षाको संयोजनको रूपमा आएको ‘सेगमेन्ट डिसरप्टर’, ‘एक्सयूभी थ्रि–एक्स–ओ’ले कम्प्याक्ट–एसयूभीको सेग्मेन्टमा नयाँ मापदण्ड तथा परिभाषा बनाएको छ । ‘एक्सयूभी थ्रि–एक्स–ओ’का यी सुविधा र विशेषताले गर्दा यसले आफ्नो ‘तपाईँले चाहेको सबै र अझै धेरै’ भन्ने स्लोगनलाई साँच्चिकै प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।
‘एक्सयूभी थ्रि–एक्स–ओ’ नेपालमा पाँच वटा पेट्रोल भेरियन्टमा उपलब्ध हुनेछ । जसको मूल्य ४४ लाख ९० हजार रुपैयाँदेखि सुरू हुनेछ । सम्पूर्ण भेरियन्टको लागि बुकिङ सुरू भएको छ भने नेपालमा महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपमार्फत नाइमामा डेलिभरी गरिएको छ ।
महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडका अटोमोटिभ डिभिजन अन्तर्गत इन्टरनेसनल अपरेसन्सका प्रमुख सचिन अरोलकरका अनुसार यसको आकर्षक र अलग डिजाइन, प्रिमियम सुविधाहरू र उच्चस्तरको सुरक्षात्मक विशेषताहरूले गर्दा ‘एक्सयूभी थ्रि–एक्स–ओ’ले आधुनिक ग्राहकहरूको आकांक्षा (एस्पिरेसन)लाई प्रतिबिम्बित गर्नेछ । यसको सेगमेन्टमा ग्राहकहरूलाई हरेक पक्ष, हरेक शैली, गुणस्तर तथा मूल्यमा कुनै सम्झौता नगरी नयाँ मापदण्ड कायम गर्नेमा कम्पनी विश्वस्त रहेका छ ।
अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले यो गाडी नेपाली उपभोक्ताको रोजाइमा पर्ने बताए । उनले अगाडी भने, ‘हामी नेपाली ग्राहकहरूको लागि ल्याएको ‘एक्सयूभी थ्रि–एक्स–ओ’ यस्तो एसयूभी हो, जसले डिजाइनमा कुनै सम्झौता नगरी सुरक्षामा उच्च मापदण्ड कायम गर्छ र सुविधाहरूले भरिपूर्ण रहेको छ ।’
उनका अनुसार ‘एक्सयूभी थ्रि–एक्स–ओ’ले स्पोर्टी र बोल्ड डिजाइन सहितको एथलेटिक सिलुएट (बनोट) प्रस्तुत गर्छ । अगाडी रहेको फ्रन्ट ग्रिल र अलग हेडलाइट डिजाइन प्रमुख आकर्षणको विन्दु रहेको छ । पछाडि फैलिएको ‘इन्फिनिटि एलइडि टेल ल्याम्प’, प्रिमियम लेदरेट सिटहरू, सौम्य इन्टेरियर र ‘प्यानोरामिक स्काइरुफ’ले यसलाई झन् आकर्षक बनाएको छ ।
इन्टेरियरमा, ‘एक्सयूभी थ्रि–एक्स–ओ’ले कम्प्याक्ट एसयूभीको परिभाषा नै फेरिदिएको छ । १०.२५ इन्चको ‘ड्युअल हाइ–रिजोलुसन स्क्रिन’, हार्मन कार्डन अडियो सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, र ६५ वाटको युएसबि–सि फास्ट चार्जरसहितका विशेषताहरू यसमा उपलब्ध छन् । यो गाडी विश्वस्तरको मापदण्ड पूरा गर्न डिजाइन, डेभलभमेन्ट तथा इन्जिनियरिङ गरिएको छ ।
महिन्द्राको एम–स्टालियन १.२ लिटर टर्बो–पेट्रोल इन्जिनबाट सञ्चालित ‘एक्सयूभी थ्रि–एक्स–ओ’ ले ८२ किलोवाट पावर र २०० न्युटनमिटर टर्क उत्पन्न गर्दछ । यो एसयूभीले हरेक भू–भागमा सहज, आरामदायी, रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्दछ । ‘जिप, ज्याप, जुम’ आदि ड्राइभिङ मोडहरूले सहरी वा हाइवेका लामो यात्राहरूमा आराम तथा सहजता प्रदान गर्दछ ।
सबै भेरियन्टमा ६ वटा एअरब्याग र इएसपि स्ट्यान्डर्ड रूपमा उपलब्ध छन् । साथै, यसमा लेभल २ एडास, ब्लाइन्ड भ्यु मनिटर, र ३६० डिग्रि सराउन्ड भ्यु क्यामरा जस्ता अत्याधुनिक सुरक्षात्मक विशेषताहरू उपलब्ध रहेका छन् ।
FACEBOOK COMMENTS