काठमाडौं । नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले देशभर विशेष सर्भिस क्याम्प ‘महिन्द्रा केयरफेस्ट २०८२स् सर्भिस उत्कृष्ट, गाडी चिटिक्क’ सुरू गरेको छ ।
शुक्रबार महिन्द्राको आधिकारिक सर्भिस सेन्टर बालाजु अटो वक्र्स प्रालिबाट उक्त क्याम्प सुरू गरिएको हो । उक्त क्याम्प माघ ९ गतेदेखि १४ गतेसम्म महिन्द्राका देशभरका ५३ बढी आधिकारिक सर्भिस सेन्टरहरूमा संचालन हुनेछ ।
ग्राहकहरूलाई महिन्द्राको विश्वसनीय र आधिकारिक सर्भिसिङ आकर्षक छुट तथा थप लाभसहित उपलब्ध गराउने उद्देश्यले क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ ।

महिन्द्रा केयर फेस्टमा महिन्द्राद्वारा प्रमाणित दक्ष प्राविधिकहरूद्वारा जेन्युन स्पेयर पाट्र्स र अत्याधुनिक डायग्नोस्टिक उपकरण प्रयोग गरी महिन्द्राको सवारीसाधनको सर्भिसिङ प्रदान गरिनेछ ।

क्याम्पमा ग्राहकले ४५ पोइन्ट चेकअप, जनरल लेबर चार्ज, कम्प्युटराइज्ड डायग्नोसिस नि:शुल्क पाउने छन् । साथै, कम्प्युटराइज्ड ह्वील अलाइनमेन्टमा ५० प्रतितश, जेन्युन एक्सेसरिजहरूमा ५० प्रतिशतसम्म, एसी चार्जिङमा २० प्रतिशत, जेन्युन स्पेयर पाट्र्स र ल्युब्रिकेन्ट्समा १० प्रतिशत छुट पाउने छन् ।

यसका अलावा ग्राहकले हरेक सर्भिसिङमा आकर्षक उपहार, ग्राहकको निम्ति नि:शुल्क स्वास्थ्य जाँच, १० प्रतिशत एक्सटेन्डेड डिस्काउन्ट कुपन, क्यासलेस इन्स्योरेन्स सेवा आदिको लाभ समेत लिन सक्नेछन् ।

FACEBOOK COMMENTS