चितवन । चितवन अटो क्षेत्रका लागि महत्वपूर्ण बजार हो । त्यही महत्व दर्शाउदै अग्नी ग्रुपको अग्नि आस्था प्राइभेट लिमिटेडले अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभिहरू बिई–६ र एक्सइभी ९–ई सार्वजनिक गरेको छ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राका कन्ट्रि म्यानेजर चैतन्य कागलकारले दुई गाडी सार्वजनिक गरेका हुन् ।

बिइ–६ को मुल्य ५७ लाखदेखि सुरु रहेको छ । यसका तीन वटा भेरियन्टहरु उपलब्ध छन् । त्यस्तै एक्सइभी ९–ई को मूल्य ६९ लाखदेखि माथि रहेको र तीन वटा भेरियन्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष श्रेष्ठले नेपाल तथा देशको क्षेत्रीय स्तरमा इलेक्ट्रिक मोबिलिटिको लागि कम्पनिको भिजन प्रस्तुत गरे । त्यस्तै महिन्द्रा एन्ड महिन्द्राका कन्ट्रि म्यानेजर कागलकारले ‘बर्न इलेक्ट्रिक भिहेकल’ प्रविधि तथा महिन्द्राको ग्लोबल इ–भि रोडम्याप प्रस्तुत गरेका थिए ।



सार्वजनिक गाडीहरू महिन्द्राको अत्याधुनिक इङ्ग्लो प्लेटफर्ममा आधारित छन् भने संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर (माया) बाट सञ्चालित छन् । कम्पनीले छिट्टै यी गाडीहरु वीरगञ्ज, भैरहवा, इटहरी लगायतका शहरहरूमा पनि सार्वजनिक गरिने जनाएको छ ।

FACEBOOK COMMENTS