काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ खेलाडीले मलेसियामा हुने प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।
नेपाली राष्ट्रिय टिमका सीता रानामगर, कविता जोशी, राजमती ऐरी, रुविना क्षेत्री, पूजा महतो र कविता कुँवरले मलेसियन क्रिकेट संघको आयोजनामा हुने एमसीए महिला इन्टरस्टेट टी–२० च्याम्पियनसिपमा सहभागिता जनाउने भएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक विज्ञप्तिमार्फत यी खेलाडीले अक्टोबर १८ देखि २८ सम्म हुने प्रतियोगितामा सहभागिता जनाउने जनाएको हो ।
नेपाली महिला टिमले हालैमात्रै मलेसियामा घरेलु टिमसँग पाँच खेलको टी–२० शृंखला खेलेको थियो । उक्त शृंखला नेपालले ३–२ ले आफ्नो पक्षमा पारेको थियो ।
FACEBOOK COMMENTS