जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी छोडेर काँग्रेस प्रवेश गरेकी छन् ।
रास्वपाको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले आजै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएर नेपाली काँग्रेसमा प्रवेश गरेकी हुन् ।
उनलाई काँग्रेस सभापति गगन थापाले जनकपुरधाममा आयोजित पार्टीको प्रतिज्ञा सभामा नै पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै शर्माले परिवर्तनको नाम दिएर भ्रष्टचारी र बदनामले पार्टी चलाएको बताउदै उनले परिवर्तन भएर आएको काँग्रेसमा आफु आएको बताएकी छन् ।
उनले यसअघि संगठनमा दिनरात खटिएका कार्यकर्ताको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएको आरोप लगाउदै सबै क्रियाकलापहरुको साक्षी बसेर अब मौन रहिरहन असमर्थ रहेको भन्दै पार्टीको साधारण सदस्य नरहने गरि राजीनामा दिएको घोषणा गरेकी थिइन् ।

FACEBOOK COMMENTS