काठमाडौँ । नेपालकै पहिलो र सफल मनकामना केबलकारको संचालनको २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको छ । चितवन कोई समुह अन्तर्गतकाे मनकामना दर्शन प्रालि बुधबार (मंसिर ८ गते) २४ वर्षमा प्रवेश गर्दैछ ।
२०५५ सालबाट नियमित संचालनमा आएको केबलकारले संचालनदेखि हालसम्म करिब १ करोड ६० लाख यात्रु तथा भक्तजनहरूलाई सेवा प्रदान गरिसकेको छ ।
मनकामना केबलकार विश्व प्रख्यात अस्ट्रियाको डोपलमेयर कम्पनीको प्रविधिबाट संचालित छ ।लामो समयबाट प्रविधीहरुलाई खासै परिवर्तन नगरेको मनकामना केबलकारले २०७८/८९ मा भने यसको स्तरोन्नति गर्ने जनाएको छ ।
कम्पनीले हाल रहेको एनलोगलाई डिजिटल प्रविधीम ३ तहम स्तोरन्नति गर्ने छ । यसक्रममा केबलकारको सबै महत्वपुर्ण सामान परिवर्तन गर्ने र २ वर्षभित्रमा यो सबै काम सकिने कम्पनीले जनाएको छ ।
यसरी स्तोरन्नति भएपछि मनकामना केबलकार डि कनेक्ट सिस्टममा संचालन हुने पहिलो केबलकार हुनेछ ।
FACEBOOK COMMENTS