काठमाडौँ। कोभिडका कारण लामो समय बन्द रहेको मनकामना केवुलकारमा यति बेला यात्रुको चाप बढ्दै गएको छ। गत भदौ २३ गतेदेखि सञ्चालनमा आएको केवलकारमा नौरथा लागेसँगै यात्रुको चाप बढेको हो।
मनकामना दर्शन प्रालिका सहायक महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार पहिलो दिन भदौ २३ गते ५०० हाराहारी रहेको सङ्ख्या क्रमशः बढ्दै गईरहेको जानकारी दिएका छन् । कोभिडका कारण गएको वैशाख १६ गतेदेखि केवलकार बन्द रहेको थियो।
बन्द हुँदा ठूलो नोक्सान बेहोर्नुपरेको शेरचनले बताएका छन् । विगतका वर्षमा यात्रुको चाप हुँदै गर्दा एकै दिन आठ हजार ८०० सम्म यात्रुले केवलकार चढेको तथ्याङ्क छ। मनकामना दर्शन प्रालिद्वारा सञ्चालित यो केबलकारको दूरी ३.०२ किलोमिटर छ । मनकामना मन्दिरमा दशैँका बेला बलि दिनेहरूको भीड लाग्ने गर्छ । अघिल्ला वर्षहरूमा दसैँको समयमा नवमी, दशमी र एकादशीसम्म तीन दिन बन्द हुन्थ्यो । तर, यसपालिको दसैँमा दुई दिन मात्र बन्द गर्ने निर्णय गरिएको छ ।
FACEBOOK COMMENTS