काठमाडौं । मनाङ एयरको ९एन–एएनजे नामक एएस ३५० हेलिकप्टर आज बिहान दुर्घटनामा परेको छ । हाइ अस्टिच्यूडका बिरामीको उद्धारमा रुम्झाटारबाट लुबुचे उडेको हेलिकप्टर अवतरणका क्रममा अनियन्त्रित भएर पल्टिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
हेलिकप्टरका पाइलट बीके सेढाइ घाइते भएका छन । हेलिकप्टरमा यात्रु नभएको उनको भनाइ छ । हेलिकप्टर दुर्घटनाबाट घाइते भएका क्याप्टेन सेढाइलाई फिस्टेल एयरको ९एन एजेआर हेलिकप्टरले उद्धार गरेर लुक्ला ल्याएको थियो ।
लुक्लबाट पनि क्याप्टेनलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए । क्याप्टेन गम्भिर घाइते नभएको जानकारी प्राप्त भएको पनि भुलले बताए ।
उक्त हेलिकप्टर शनिबार बिहान ७ः१३ मिनेट उडेको थियो ।
FACEBOOK COMMENTS