काठमाडौं । सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । आज बिहान १० बजेर ४ मिनेट जाँदा त्यहाँबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।
मनाङ एयरकी डिस्पाचर लक्ष्मी आचार्यले उक्त हेलिकप्टर सम्पर्कविहीन भएको पुष्टि गरिन् । उनले आर्थिक न्युजसँग भनिन्, ‘आज बिहान १० बजेर ४ मिनेट जाँदा लुक्लाबाट काठमाडौंका लागि उडेको थियो । फाप्लुसम्म सम्पर्कमा रहेको हेलिकप्टर त्यहाँबाट सम्पर्क विहीन छ ।’
उनका अनुसार ९एनए–एमभी कलसाइन भएको हेलिकप्टरमा चालकदलका सदस्यसहित ६ जना यात्रु सवार रहेका थिए । सम्पर्कविहीन हेलिकप्टरको खोजीका लागि अर्को हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।
FACEBOOK COMMENTS