मनाङ एयरको हेलिकोप्टर दुर्घटनाः वरिष्ठ क्याप्टेन सेढाईंको अन्येष्टि
कर्पोरट खबर
8:19 pm, बिहीबार, कात्तिक ९, २०८०
काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका वरिष्ठ क्याप्टेन प्रकाशकुमार सेढाईंको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
गत असोज २७ गते सोलुखुम्बुको लुक्ला विमानस्थलबाट लोबुचका लागि उडेको हेलिकोप्टर अवतरणका क्रममा गम्भीर घाइते भएका क्याप्टेन सेढाईंको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो । क्याप्टेन सेढाईंको पार्थिव शरीर आजै काठमाडौँ ल्याइएको मृतकका मामा एवं पूर्वजलस्रोत राज्यमन्त्री ठाकुरप्रसाद शर्माले जानकारी दिए । दुर्घटनामा घाइते सेढाईंको काठमाडौँमा उपचार हुन नसकेपछि भारत लगिएको थियो ।
क्याप्टेन सेढाईँको पत्नी, एक छोरा र एक छोरी छन् । स्व सेढाईंलाई छोरा सौहार्द्रले दागबत्ती दिए । विभिन्न एयरलाइन्स कम्पनीसँग आबद्ध भई करिब २५ वर्ष सेवा गरेका क्याप्टेन सेढाईं लामो समयदेखि मनाङ एयरलाइन्समा वरिष्ठ क्याप्टेनका रुपमा कार्यरत थिए । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रबाट पर्यटक, तीर्थयात्री र बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यमा स्व सेढाईंको अतुलनीय योगदान रहेको मनाङ मनाङ एयरले जनाएको छ ।
FACEBOOK COMMENTS