काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले आफूलाई माननीय नभन्न आग्रह गरेका छन् ।
सोमबार पदभारग्रहणपछि मन्त्री घिसिङले यस्तो बताएका हुन् । मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय भएको समेत बताएका छन ।
यस्तै ऊर्जामन्त्री घिसिङले तलबभत्ता,सुरक्षालगायत सुविधा नलिने पनि बताएका छन् । उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए ।
FACEBOOK COMMENTS