काठमाडौँ । मानवसेवा आश्रमले ‘यस वर्षको चाडपर्वमा कोही नरहुन् सडकपेटीमा’ मा भन्ने मुल नाराका साथ सुरु गरेको (मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०) सम्पन्न भएको छ । स्थापनाकालको ११ वर्ष विताइसकेको आश्रमले आनी छोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा उद्धार यात्रा गरेको हो ।
दुवै संस्थाको सहकार्यमा सुरु भएको यस यात्रामा लाग्ने सम्पूर्ण खर्चको आर्थिक भार आनी छोडइ डोल्मा फाउन्डेसनकी अध्यक्ष आनी छोइङ डोल्माज्यूले व्यहोरेको हो भने उद्धार यात्रामा समेत उनको सहभागीता थियो ।
यस अभियानलाई साथ दिंदै गत असोज २६ गते शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारबाट सम्माननिय प्रधानमन्त्री र गृहमन्त्रीको शुभकामना सहित अभियानको यात्रा प्रारम्भ भएको थियो । यस अभियानमा मानवसेवा आश्रमले गत असोज २७ गते मेचीपुलमा दीप प्रज्वलन गरी २८ गतेदेखि उद्धार कार्य सुरु गरेको थियो ।
मेची महाकाली राष्ट्रिय उद्धार यात्रा पूर्व–पश्चिम राजमार्गका सातैवटा प्रदेशका प्रमुख सडक खण्ड, मुख्य मुख्य शहर, पालिकाहरु तथा काठमाण्डौ उपत्यकाका सडक पेटी तथा सार्वजनिक स्थलहरूमा जोखिमपूर्ण जीवन बिताउन विवश ३ सय भन्दा बढी सहयोगापेक्षी सडक आश्रित मानवहरुको बृहत उद्धार गरेको छ । यस उद्धार यात्रामा संस्थाका स्वयंसेवक कर्मचारी र अभियान्ता लगायत अभिभावकसहित ३८ जनाको सहभागिता रहेको थियो ।
खुला आकाशमुनि रात बिताउन विवश घर परिवारविहीन, परिवार तथा समाजबाट परित्यक्त गरिएका व्यक्तिहरुका लागी आश्रमले सधै आफ्नो डोका खुल्ला गरिरहेको छ । करिब २०६९ सालमा केही युवा मिलेर सडकमा बेवारिस जीवन बिताइरहेका मानवको उद्धारका लागि ‘मानव सेवा आश्रम’ नामक सामाजिक संस्था स्थापना गरेका थिए । स्थापनाकालदेखिको लक्ष्य अनुसार आश्रमले विसं २०८२ सालसम्म देशलाई नै सडक मानव मुक्त बनाउने सङ्कला लिएको हो । यद्यपी, नेपाल सरकारको यस वर्षको निति तथा कार्यक्रममा समेत सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने भन्ने लक्ष्य छ ।
मेची– महाकाली राष्ट्रिय उद्धार यात्रा यो तेस्रो पटक हो । विगतमा जाडो महिनामा गरिएको राष्ट्रिय उद्धार यात्रा यस पटक चाडपर्वमा गरिएको हो । पहिलो यात्रा “मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०७७ सालमा भएको थियो । त्यतिबेला ’सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा वर्ष २०७८ सफल पारी भन्ने नारासहित सुरु गर्दा प्रधानमन्त्री केपी ओलीले शुभारम्भ गर्नु भएको थियो । त्यति बेला भएको उद्धारमा करिब ७ सय जना व्यक्तिको उद्धार गरिएको थियो । साथै, दोस्रो “महाकाली–मेची राष्ट्रिय उद्धार यात्रा २०७८ मा भएको थियो। सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको आश्रमले त्यतिबेला करिब ५ सय जना व्यक्तिको उद्धार गरिएको थियो ।
महाकाली राष्ट्रिय उद्धार यात्रा –२०८० को उद्धार तथ्यांक
देशको सबै प्रदेशमा पुगेका उद्धार यात्री कोशी प्रदेशमा ५१ जनाको उद्धार हुँदा महिला १४ जना, पुरुष ३० ज बालिका २ जनाको उद्धार भएको थियो। मधेश प्रदेशमा ४४ जनाको एद्धार हुँदा महिला ३२ जना, पुरुष २६ जनाको उद्धार भएको छ। कर्णाली प्रदेशमा ३ जनाको उद्धार हुँदा महिला १ जना र पुरुष २ जना उदार भएको हो। त्यस्तै सुदुरपश्चिम प्रदेशमा ८ जनाको उद्धार हुँदा महिला २ जनाको उद्धार र पुरुष ६ जनाको उद्धार भएको हो। साथै बागमति प्रदेशमा ९७ जनाको उद्धार हुँदा महिला ३८ जना, पुरुष ५६ जना र चालक ३ जनाको उद्धार भयो। गण्डकी प्रदेशमा ४५ जनाको उद्धारमा ४ जना महिला र ३८ जना पुरुषको र ३ जना बालकको उद्धार भएको हो। लुम्बिनी प्रदेशमा ५४ जनाको उद्धार हुँदा महिला १३ जना, पुरुष ३८ जना बालक १ जना र १ जना बालिकाको उद्धार भएको हो। यसरी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० मा विभिन्न प्रदेश, जिल्ला र नगरहरुमा गरिएको उद्धारमा जम्मा ३ सय २ जनाको उद्धार गरिएको हो। जसमा महिला ९० जना पम्ष २ सय १ जना बालक ७ जना र बालिका ४ जनाको उद्धार भएको छ ।
मानवसेवा आश्रमले सातै प्रदेशको १९ जिल्लामा २४ सेवाकेन्द्रहरु सञ्चालन गरी ३२ आरे जिल्लाबार सहयोगापेक्षीहरुको उद्धार, उपचार, पालनपोषण एवं सम्भव भएकाहरुको पारिवारिक पुनर्मिलन लगायत कार्य गर्दै आएको छ । हालसम्म मानवसेवा आश्रमको छानामुनी जम्मा १६ सय ७४ जना रहेका छन् ।
FACEBOOK COMMENTS