सुनसरी । सुनसरीको इटहरी–२० निवासी १७ वर्षीया मनिषा पौडेल र उनको परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् ।
१७ वर्षीया मनिषा ब्लड क्यान्सरपीडित बिरामी हुन् । उनको उपचारका लागि उनको परिवारले आर्थिक सहयोगको अपिल गरेको हो ।
हाल उनी काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल सर्भिस हस्पिटल उपचाररत छिन् । उनको उपचारका क्रममा आर्थिक अभाव भएपछि सहयोगको याचना गर्नुपरेको मनिषाका बुबा महिन्द्र बहादुर पौडेलले बताए ।
उनका अनुसार मनिषालाई डेढ महिनाअघि क्यान्सर भएको पुष्टि भएको थियो । सिभिल हस्पिटल लगेपछि उनलाई ब्लड क्यान्सर भएको पुष्टि भएको थियो ।
उनको उपचारको क्रममा हालसम्म आठ लाख रुपैयाँ सकिएको उनको भनाइ छ । कलिलै उमेरमा क्यान्सरसँग जुधिरहेकी आफ्नी छोरीलाई बचाउन उनले सहयोगको याचना गरेका हुन् ।
मनिषालाई सहयोग गर्न उनका बुबा महिन्द्र बहादुर पौडेलसँग (९८२६३८२५५६) मार्फत सम्पर्क गरेर एनआईसी एशिया बैंक इटहरीमा खोलिएको खाता नम्बर ००४५७५२९७७५९८००१ मार्फत सहयोग गर्न सकिने छ ।
FACEBOOK COMMENTS