काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मसम्ममा मञ्जुश्री फाइनान्सको नाफा २२.७५ प्रतिशतले घटेर १० करोड ५४ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ ।
गत आवको सोही अवधिमा फाइनान्सको नाफा १३ करोड ६५ लाख २९ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १४.९९ प्रतिशतले घटेर ३७ करोड ३३ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको सञ्चालन नाफा १७.२९ प्रतिशतले घटेर १५ करोड ७१ लाख ९ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ रहेको कम्पनीको ७५ करोड ९१ लाख ९१ हजार रुपैयाँ जगेडा कोषमा रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ २७ पैसा छ । कम्पनीको खराब कर्जा ३.५० प्रतिशत पुगेको छ ।
FACEBOOK COMMENTS