काठमाडौँ । मन्जुश्री फाइनान्स लिमिटेडले ग्लोबल मनी वीकका अवसरमा वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । देशभरका आफ्ना २८ शाखा कार्यालयहरूमार्फत करिब एक हजारभन्दा बढी युवा, विद्यार्थी तथा कर्मचारीमाझ कार्यक्रम सञ्चालन गरेको हो ।
हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विकमा फाइनान्सले चैत ४ देखि १० गतेसम्म साताव्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको हो । फाइनान्सले विभिन्न स्कुल तथा कलेजका विद्यार्थी, कर्मचारी, गृहिणी कृषक तथा आम जनमानसहरूको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरूबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।
अभियानअन्तर्गत फाइनान्सले बैंक तथा बित्तिय संस्थासँग कारोबार गर्दाका फाइदाहरू, डिजिटल बैंकिङ, क्यूआर, स्मार्ट बैंकिङ, पिन तथा पार्सवर्ड सुरक्षा, ओटीपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
साथै फाइनान्सले विभिन्न शाखा कार्यालयहरूमार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया कार्यक्रम का साथ साथै प्रभातफेरीको आयोजना गरेको हो । नेपाल राष्ट्र बैंकद्वारा आयोजित प्रभातफेरीमा समेत आफ्ना शाखाहरूलाई सम्मिलित गराएको साथै सामाजिक सञ्जालबाट चेतनामूलक सन्देशसमेत प्रसारण गरेको छ ।
फाइनान्सले विगत १३ वर्षदेखि हरेक वर्षमा सबै शाखा कार्यालयहरूमार्फत वित्तीय साक्षरता कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS