काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले ‘ग्लोबल मनी वीक २०२६’ को सुरुवात आफ्नो चितवन क्लस्टरका शाखाहरु मार्फत प्रभात फेरी गर्दै गरेको छ।
यस ग्लोबल मनी वीकको अवसरमा मन्जुश्री फाईनान्सले देशभरका आफ्ना सम्पूर्ण शाखाहरुमा कार्यक्रम आयोजना गर्दै वित्तीय साक्षरता र बचत प्रवद्र्धन गर्ने उद्देश्य लिएको जनाएको छ।
कार्यक्रमको मूल आधार “कसरी बचत गर्ने, कसरी लगानी गर्ने” भन्ने विषयमा आधारित रहेको छ। यस अन्तर्गत विभिन्न संघसंस्था, युवा वर्ग, साथै स्कूल तथा कलेजहरूमा विशेष कार्यक्रमको व्यवस्था गरिनेछ। बैंकिङ र वित्तीय ज्ञानको पहुँच बढाउने यस पहलले वित्तीय सचेतना र आत्मनिर्भरता प्रवद्र्धन गर्ने विश्वास लिइएको छ।
हालसम्म मन्जुश्री फाईनान्सले करिब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २० अर्ब ६ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरिसकेको छ। यस संस्थाले २८ वटा शाखा र एक विस्तारित काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
संस्थाले करिब १ लाख ८७ हजार भन्दा बढी सन्तुष्ट ग्राहकवर्गलाई सेवा उपलब्ध गराउँदै आइरहेको छ। त्यसैगरी, मन्जुश्री फाईनान्सले आफ्ना ग्राहकहरू माझ मन्जुश्री भर्चुअल क्रेडिट कार्ड को सेवा समेत प्रदान गर्दै आएको जनाएको छ।

FACEBOOK COMMENTS