काठमाडौं । मञ्जुश्री फाइनान्सले सुनसरीको इटहरी उपमहानगरपालिका–७, बज्रास्थित लक्ष्मी माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक तथा आवश्यकताका सामग्रीहरू सहयोग गरेको छ ।
फाइनान्सले इटहरीस्थित आफ्नो शाखामार्फत उक्त विद्यालयलाई २० थान पङ्खा, १३ थान डस्टबिन, १० थान बाल्टिन, ८ कार्टून स्यानिटरी प्याड, एक थान वाटर डिस्पेन्सर, एक थान कलर प्रिन्टर तथा स्क्यानर सहयोग गरेको हो ।
सहयोग गरिएका सामग्री करिब एक लाख ३० हजार रुपैयाँ बराबरको रहेको फाइनान्सले जनाएको छ ।
प्राथमिकदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरूलाई शिक्षा दिँदै आएको उक्त विद्यालयमा करिब साढे तीन सय विद्यार्थी अध्यनरत छन् ।
समाजको सेवामा सदैव तत्पर मञ्जुश्रीले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना विभिन्न शाखाहरूमार्फत सहयोग पुर्याउँदै आएको छ ।
मञ्जुश्रीले हालसम्म २२ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी करिब १८ अर्ब दुई करोड रुपैयाँ कर्जा परिचालन गरिसकेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मञ्जुश्री फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।
हालसम्म एक लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा पुर्याउँदै आएको मञ्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीको रूपमा परिचित छ ।
FACEBOOK COMMENTS