काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मेरो पहिलो बचत खाता’ नामक बचत खाता सार्वजनिक गरेको छ ।
वित्तीय पहुँचभन्दा बाहिर रहेका ग्राहकहरूलाई लक्षित गरेर सार्वजनिक गरिएको यो बचत खातामा एक सय रुपैयाँको मौज्दात संस्थाले आफ्नो तर्फबाट जम्मा गरिदिने छ ।
वित्तीय पहुँचमा योगदान पुर्याउने उद्देश्यले फाइनान्सले यो खाताको प्रक्षेपण गरेको हो ।
हालसम्म २२ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी करिब १८.२ अर्ब कर्जा परिचालन गरेको मञ्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आएको छ । फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
एक लाख ५० हजार भन्दा बढी ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको मञ्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीको रूपमा स्थापित छ ।
FACEBOOK COMMENTS