काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्ना ग्राहकहरुको लागि मन्जुश्री सुपर सेफ लकरको सुबिधा ल्याएको छ।हाललाई यो सुबिधा फाईनान्सको कर्पोरेट शाखा थापाथली र न्युरोडमा उपलब्ध गराइएको जनाएको छ ।
साथै, ग्राहकहरुको सहजताका लागि मन्जुश्रीले बिना कुनै सेक्युरिटी डिपोजीट नै यो सेवा प्रदान गर्ने छ । सिमित अवधिका लागि गरिएको यस छुटको लाभ ग्राहक माहनुभावहरुले उठाउने विश्वास मन्जुश्रीले राखेको छ ।
विभिन्न आकारमा उपलब्ध यी लकरहरु उच्च प्रबिधि युक्त सुरक्षा प्रणाली, फायरप्रुफ र नियन्त्रित वातावरणमा रहेका छन् ।इच्छुक ग्राहकले यो सुबिधाको सेवा लिनका लागि, आफ्नो खाता जुनसुकै शाखामा रहेता पनि आफुलाई लाई पायक पर्ने, लकर सुबिधा उपलब्ध रहेका कुनै एक शाखामा गई यो सुबिधाको लाभ उठाउन सक्नेछन ।
हाल सम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०।५ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाईनान्सले २८ ओटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंंकिङ सेवा उपलब्ध गराईरहेको छ भने १ लाख ८५ हजार बढि सन्तुष्ट ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ । यस अघि मन्जुश्री फाईनान्सले आफ्ना ग्राहकहरु माझ :बलवगकजचभभ ख्ष्चतगब िऋचभमष्त ऋबचम को सेवा पनि उपलब्ध गराउदै आइरहेको छ ।
FACEBOOK COMMENTS