काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।
अघिल्लो वर्ष सेयरधनीलाई ४६ प्रतिशत लाभांश वितरण गरेको फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को सञ्चित नाफाबाट भने सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।
फाइनान्सको पुस १ गते बसेको सञ्चालक समितिको २३६ औं बैठकबाट संस्थाको आव २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण र अनुसूचीहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात यस संस्थाको आगामी साधारण सभाबाट पारित गर्नको लागि पेश गर्ने प्रस्ताव गरि नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS