काठमाडौं । मनकामना दर्शन प्रा.लि.ले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शहिद लखन गाउँपालिकालाई विशेषत वडा नं.२ / ३ को फोहोर व्यवस्थापन कार्यको लागि एक थान महिन्द्रा ट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेको छ ।
कुरिनटारस्थित् अग्नी इनकर्पोरेटेड प्रा।लि।को अफिस प्राङ्गणमा कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई फोहोर व्यवस्थापन कार्यको लागि एक थान महिन्द्र ट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापनका समितिका अध्यक्ष तथा सदस्यहरुको लगायत यस प्रा।लि।का उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो ।
उक्त ट्याक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा समेत सकरात्मक कार्य एवं सशक्त प्रभाव रहनेछ ।
FACEBOOK COMMENTS