काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि बुधबार १ दिन केवुलकार सेवा बन्द हुर्ने भएको छ ।
आइतबार कम्पनीले एक विज्ञेप्ति जारी गर्दै बुधबार १ दिनको लागि केबलकार बन्द हुने जानकारी दिएको हो।
कम्पनीका अनुसार केवुलकार टावरको मर्मत संभार सकिए लगत्तै बिहीबारबाट सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ ।
उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ ।
कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नती गरेको छ ।
FACEBOOK COMMENTS