काठमाडाैं । नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.ली आर्थिक वर्ष २०७८/२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रा.ली सम्मानित भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शन प्रा.ली की सेल्स तथा मार्केटिङ डाइरेक्टर यशु श्रेष्ठलाइ कदर पत्रसहित सम्मान गरेका हुन् । गत वर्ष पनि सोही विधामा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित यस कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको छ ।
मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना एवम् गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न अतुलनीय योगदान पुर्याईरहेको छ ।
FACEBOOK COMMENTS