काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट पर्सा क्षेत्र–२ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् ।
उनलाई मंगलबार राति ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिसपी तथा प्रवक्ता हरि बहादुर बस्नेतले कर्पोरेट खबरलाई बताए ।
बस्नेतका अनुसार मंगलबार राति नियमित चेकजाँचका क्रममा चौधरीलाई पक्राउ गरिएको हो । उनीसहित अन्य चार जना पनि पक्राउ परेका छन् ।
उनीहरुको साथबाट केही शंकास्पद वस्तु फेला परेको बस्नेतको भनाइ छ । चारै जना अहिले प्रहरी नियन्त्रणमा छन् ।
FACEBOOK COMMENTS