काठमाडौं, ३ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले आगामी कार्यकालको लागि युवा संयोजक पदमा उमेद्वारी घोषणा गरेका छन् ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी) को केन्द्रीय निर्वाचन भर्चुअल माध्यमबाट आगामी अक्टोबर २३ देखि २५ तारिक सम्म हुने तय भएको छ । केन्द्रीय चुनावको गर्मी अहिले संसारभर नै बढेको छ । नयाँ कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन दौडधुपमा व्यस्त देखिन्छन् ।
लामो समयदेखि युएईलाई ब्यबसायिक कर्मथलो बनाउँदै आईरहेका गोर्खाली एनआरएनका बलिया खम्बा हुन् । एनआरएनए आइसीसीका मध्यपूर्व उपसंयोजक एनआरएनए स्पोर्टस एकाडेमी ब्यवस्थापन निर्देशक, समाजसेबी तथा सफल ब्यबसायी मनोज गोर्खाली विश्वभर फैलिएका गैरआवासीय नेपाली माझ लोकप्रिय व्यक्तित्वको रुपमा परिचित छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईको साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेका गोर्खाली आईसीसी सदस्य हुँदै मध्यपूर्व उपसंयोजकको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
युवा उद्धमशिलता र आर्थिक आत्मानिर्भता भन्ने मूल नारा सहित उम्मेद्वारी घोषणा गरेका उनले विदेशमा आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगाउन र विश्वभरको लगानी स्वदेशमा भित्र्याउन विशेष पहल गर्ने समेत बताए ।
पद्धति र पारदर्शिता: समावेसी साथ साथै एनआरएनएमा युवा सहभागिता युवा उधमशीलता र आर्थिक आत्मनिर्भता मेरो प्रतिबद्धता सुरक्षित वैदेशिक रोजगार र युवा उद्यमशिलता एनआरएनए मार्फत पुरा गर्ने बचन बद्धता सहित आफुले युवा संयोजकमा उम्मेदवारी दिएको गोर्खालीले बताएका छन् भने संसारभर छरिएर बसेका गैरआवासीय नेपालीहरुलाई भोट गर्दिनको लागि समेत अपिल गरेका छन् ।
FACEBOOK COMMENTS