काठमाडौ । नेपाली साहित्यमा अहिले मुक्तकको लोकप्रियता निकैे छ । छोटो, मिठो र चोटिलो विधा मुक्तकमा सबैको आकर्षण बढ्दो छ ।
मुक्तककार मीना चौलागाईंले आफ्नो दोस्रो मुक्तक कृति मनोकाङ्क्षा ल्याएकी छिन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलगायतका कृतिको लोकार्पण गरे ।
कुलपति राईले मुक्तकले घटनाप्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्नुपर्ने बताए । मुक्तक दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै बन्न सक्नुपर्ने उनको भनाई थियो । मुक्तककार मीना चौलागाईंका मुक्तक भावोत्पादक र सामयिक मूल्यबोध गर्न सक्षम रहेको राईले बताए ।
प्राज्ञ डा कौशिला रिसालले मीना चौलागाईंद्वारा रचित ‘मनोकाङ्क्षा’ को समीक्षा गर्दै मुक्तक सङ्ग्रहमा प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेको बताइन् ।
कृतिकारले मुक्तकमा सुखदुःखका कुरा, यथार्थ अनुभूति, मातृप्रेम, मानवीय संवेदना र आरोहअवरोह चित्रण गर्न सक्षम भएको दाबी गरे ।
्
कृतिकार चौलागाईंले आफू पहिलेदेखि नै मुक्तक विधामा प्रतिबद्ध भएर लागेको र यो दोस्रो कृतिबाट थप जिम्मेवारी महसुस भएको जाकारी दिइन् । मनोकाङ्क्षामा विभिन्न भाव र विषयका ३१२ वटा मुक्तक समेटिएका छन् ।
FACEBOOK COMMENTS