काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ जनमत पार्टीका नेता कार्यकर्ता छुटाउन प्रहरी कार्यालय पुगेका छन्।
गृहमन्त्री श्रेष्ठ महेन्द्र पुलिस क्लब पुगेर सोमबार पक्राउ परेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित नेता कार्यकर्ता छुटाएका हुन्।
सोमबार विहान ‘धोती दिवस’ मनाउन भन्दै निषेधित क्षेत्रमा जम्मा भएका सो पार्टीका अध्यक्ष सिके राउत र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवि सहित ५३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनीहरुलाई राखिएको महेन्द्र पुलिस क्लबमा पुगेर गृहमन्त्री श्रेष्ठले हिरासतमुक्त गरेका हुन्।
FACEBOOK COMMENTS