काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहि बेर अघिदेखि मन्त्रिपरिषद्को बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।प्रधानमन्त्री ओलीले आज राति भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जान लागेकोले त्यस अघि मन्त्रिपरिषद्को बैठक बसेको छ ।