काठमाडौं । गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी रअभियोजनकर्ताबिच ठिक ढंगको समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार बिहानप्रहरी प्रधान कार्यालयमा आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलकोतेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले दुई पक्षबिच निरन्तर समन्वय हुन जरुरीरहेको बताए ।
समिति र स्रोत रसाधनमा धेरै काम प्रहरीले गर्नुपरेको उनको भनाई छ ।
उनले भने ‘सबैभन्दा बढी कामकोजिम्मेवारी लिएका सुरक्षा निकायहरु समिति र स्रोत र साधानमा काम गर्नुपरेको छ । सरकारले प्रयाप्त ध्यान दिदैछ, दिन्छ ।’ उनले आगामी आर्थिकबर्षको बजेटमा तुलनात्मक रुपमा बजेटमा प्रहरीतर्फ उल्लेखनीय वृद्धि भएको जानकारी समेत दिए । मन्त्री लेखकले विज्ञानको प्रयोग मानवताका विरुद्ध भइरहेको बताए । अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ । त्यसो भएकालेहामीले पनि अनुसन्धान र अभियोजनका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ । विज्ञानकोप्रयोग भनेको प्रविधिका मार्फत गर्ने उनले बताए ।
लेखकले विज्ञान र प्रविधिको अधिकतम् प्रयोग गरेर अनुसन्धानलाईस्वस्थ्य, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको बताए । उनले भने- ‘अभियोजनकोक्रममा पनि विज्ञानको प्रविधिको प्रयोग आवश्यक छ । विज्ञानको प्रयोगले मात्रै पुग्दैन् । विज्ञानको सही प्रयोग हुनजरुरी छ । प्रविधि र विज्ञानको प्रयोग पनि न्यायलाई सहयोग गर्ने गरेर हुनुपर्छ । विज्ञान र प्रविधिको प्रयोग गर्दा पनि प्रमाण संकलन होसियारका साथगर्नुपर्ने हुन्छ ।’
फौजदारी न्यायमा अनुसन्धानर अभियोजन महत्वपुर्ण आयाम हुने मन्त्री लेखकको भनाई छ ।
उनले भने ‘फौजदारीन्यायको केन्द्रमा पीडित रहन्छ । पीडितलाई हामीले न्यायको अनुभूति गराउन सक्यौंकी सकेनौं ? कुनै पनि अपराधिक कार्यबाट आफूलाई पीडित अनुभूतिगरेको मानिसलाई न्याय प्राप्त भयो भन्ने कुराको अनुभूति गर्न सक्यौ की सकेनौं । त्यो फौजदारीको न्यायको मुख्य उद्देश्य हो । यो क्षेत्रमाअत्यन्त मेहनत र क्रियाशिलताका साथ, अत्यन्त बुद्धि र विकेक प्रयोग गरेर काम गर्न जरुरी छ ।’
FACEBOOK COMMENTS