काठमाडौं । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।
बैठकले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा तोक्नेलगायत विभिन्न निर्णयहरू गरेको छ ।
बैठकले कानून मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको छ । यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्रा.डा. पशुपति चौधरी र सदस्य पदमा सिराहाका वीरेन्द्रप्रसाद यादवलाई नियुक्त निर्णय गरेको छ ।
यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS