काठमाडौँ । म्यानचेस्टर युनाइटेडले जारी प्रिमियर लिगमा लिभरपुललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा कोबी मैनूले खेलको ७७औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसअघि खेलको छैटौं मिनेटमा माथेस चुन्हा र १४औं मिनेटमा बेन्जामिन सेस्कोको गोलमा म्यानचेस्टर युनाइटेडले २-० को अग्रता लिएको भएपनि खेलको ४७ औं मिनेटमा डोमिनिक स्जोबोसजियल र ५६औं मिनेटमा कोडी गाप्कोको गोलमा लिभरपुलले बराबरी गर्दै खेलमा कमब्याक गरेको थियो ।
यो जितपछि म्यानचेस्टर युनाईटेड अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट भएको छ । म्यानचेस्टर युनाइटेडको ३५ खेलमा ६४ अंक भएको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै लिभरपुलको भने ३५ खेलमा ५८ अंक रहेको छ र हाल चौथो स्थानमा छ ।
प्रिमियर लिगबाट पाँच टिम च्याम्पियन्स लिगमा छनौट हुनेमा अहिलेसम्म म्यानचेस्टर युनाइटेडसहित म्यानचेस्टर सिटी र आर्सनल छनौट भएका छन् ।