काठमाडौँ । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग अन्तर्गतको म्यानचेस्टर डर्बी जितेको छ ।
शनिबार सम्पन्न म्यानचेस्टर सिटीविरुद्धको खेल म्यानचेस्टर युनाइटेडले २(० ले जितेको हो । म्यानचेस्टर युनाइटेडको जितमा ब्रयान एमबेउमा र प्याट्रिक डोर्गुले एक एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर युनाइटेडको २२ खेलमा ३५ अंक भएको छ र चौथो स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर सिटीको २२ खेलमा ४३ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS