काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले आर्सनलमाथि शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाईटेडको जितमा ब्रायन एमबेउमो, प्याट्रिक डोर्गु र माथेउस चुन्हाले एक एक गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि मिकेल मेरिनोले एक गोल गरेका थिए भने एक गोल लिसेन्द्रो मार्टिनेजले एक गोल आत्मघाती गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर युनाईटेड २३ खेलमा ३८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । त्यस्तै आर्सनलको भने २३ खेलमा ५० अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।
FACEBOOK COMMENTS