काठमाडौँ । अभिनेता माओत्से गुरुङको निर्देशनमा बन्न लागेको ’पेन्सन पट्टा’ को छायांकन सुरु गरिएको छ ।
बिहीबार कास्की जिल्लाको ताङतिङ गाउँमा शुभ मुहूर्त गरेपछि फिल्मका मुख्य दुई कलाकार पशुपति राई र गौमाया गुरुङले पहिलो सट दिएर छायांकनको शुरु गरिएको हो ।
फिल्मको सोही गाउँमा ३५ दिनसम्म छायांकन हुने निर्माण पक्षले जानकारी दिएको छ । निर्देशक गुरुङ स्वयंको लेखन रहेको यस फिल्ममा पशुपति र गौमायासहित दयाहाङ राई, सुनिल थापा, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, यासिली राई लगायतको अभिनय रहनेछ । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (बेलायत) र सपना गुरुङ निर्मातामा छन् ।
FACEBOOK COMMENTS