ओखलढुंगा । आगामी पुसमा हुने राष्ट्रिय महाधिवेशन अघि जिल्ला तथा स्थानीय कमिटीको अधिवेशन सम्पन्न गर्नु पर्ने भएपछि नेकपा माओवादी केन्द्रका स्थानीय कमिटीको अधिवेशन धमाधम भइरहेको छ । जिल्लाका ८ स्थानीय तहमध्ये ६ वटामा अधिवेशन सकिएको छ । अधिवेशनले स्थानीय कमिटीको नयाँ नेतृत्व चयनका साथै प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ ।
अधिवेशनले सबै पदहरूमा सर्वसम्मत नेतृत्व चयन गरेको र दुई पालिकाको मंसिर तेस्रो साताभित्रै सम्पन्न भइसक्ने नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालयले जानकारी दिएको छ ।
सदरमुकामसमेत रहेको सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिकामा भने अधिवेशन हुन बाँकी छ । ती तहमा पनि मिति तय भइसकेकाले मंसिरको २० भित्रै सबै अधिवेशन सम्पन्न हुने नेताहरूले बताएका छन् । मंसिर २८ मा प्रदेश १ को अधिवेशन तय भएको छ ।
FACEBOOK COMMENTS