काठमाडौं । नेकपा माओवादी केन्द्रको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राख्न निर्वाचन आयोगमा निवेदन परेको छ ।
शुक्रबार माओवादी संघर्षका शहीद सन्तति फाउन्डेसनका तर्फबाट सन्दीप पुनले निर्वाचन आयोगमा सो निवेदन दिएका हुन् । निर्वाचन आयोगमा दर्ता गराइएको पत्रमा ‘पार्टीको नाम, झण्डा, मार्गदर्शक सिद्धान्त र चुनाव चिन्ह यथावत्’ राख्न माग गरेका छन् ।
माओवादी केन्द्रसहित १० वाम घटक मिलेर ’नेपाली कम्युनिष्ट पार्टी’ बनाइएको छ र निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको समयमा माओवादी केन्द्रलाई कायम राख्न निवेदन परेको हो ।
FACEBOOK COMMENTS