काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आएका छन् ।
पार्टीको दस्ताबेज लेखन र महत्त्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे आउने गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटासँगै दाहाल सुकुटे आएका हुन् ।
सुकुटेमा अध्यक्ष दाहालले र्याफ्टिङसमेत गरेका छन् । निकट स्रोतका अनुसार दाहाल, सभामुख सापकोटालगायत आज सुकुटेस्थित सुकुटे बीचमा बस्नु हुनेछ । काठमाडौँबाट करिब दुई घण्टामा पुगिने सुकुटे क्षेत्र बीचको मज्जा लिन र जलयात्राका लागि निकै चर्चित छ । सुकुटे बसाइ आन्तरिक तथा बाह्य पर्यटकका लागि तुलनात्मक रूपमा सस्तो समेत रहेको छ ।
FACEBOOK COMMENTS