काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधि छनोट गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले श्रीकृष्ण अधिकारी विवेक , गगन खड्का , पारसमणी र रत्न ढकाललाई चयन गरेको छ ।
अन्यप्रतिनिधहरुमा नरेन्द्र न्यौपाने, सन्तोष बिष्ट, रन्जित तामाङ, तिलकराज भण्डारी, सुरेन्द्र बस्नेत, दिपक देवकोटा र विजय गौतम रहेका छन् ।
माओवादीको स्थायी कमिटी बैठक शुक्रबार पनि बस्ने भएको छ । सो पार्टीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म राजधानीमा हुँदैछ ।
FACEBOOK COMMENTS