काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न राष्ट्रिय सम्मेलनबारे छलफल गर्न स्थायी समितिको बैठक बोलाएको छ। माओवादी केन्द्र कार्यालयका मुख्य सचिव श्रीराम ढकाले बैठक भोलि बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ।
बैठक राष्ट्रिय सम्मेलन केन्द्रित हुने छ। यसअघि पनि राष्ट्रिय सम्मेलनबारे स्थायी समितिमा दुई दिन छलफल भएर विभिन्न निर्णय भएको थियो माओवादीले आगामी पुस ११ देखी १३ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै छ।
वडा र पालिका सम्मेलन गरिसकेको माओवादीले मंसिर २५ गते प्रदेश सम्मेलन गर्दै छ।